“REMEMBER”: आफ्ना बाल-बालिका सहित महामारीबाट जोगिऔँ!

Original resource: Hesham Hamoda, MD, MPH
Staff Psychiatrist, Boston Children’s Hospital
Assistant Professor, Harvard Medical School

Translated in Nepali language by: Pranita Mainali, MD

विश्व स्वास्थ्य संगठन – डब्लुएचओ (WHO) का अनुसार १३५ देशहरुमा (अझै बढ्न सक्ने सम्भावना) कोभिड -१९ (COVID-19) महामारी रिपोर्ट भए लगतै, संसारभरिका बालबालिकाको जीवन प्रभाभित भएको छ।

के तपाई यो समाचारले चिन्तित हुनुहुन्छ? तपाई एक्लो हुनुहुन्न! यहाँ केहि सजिला तरिकाहरु छन् जुन तपाइँले यस जटिल समयमा आफ्ना बाल-बालिकाहरूको सहयोगका लागि यो न्यूमोनिक “REMEMBER” प्रयोग गर्न सक्नु हुनेछ।

1. Reassure them: अर्थात् आश्वासन दिनुहोस्: तथ्यका आधारमा तपाई उनीहरुको साथमा हुनुहुन्छ र सबैलाई सुरक्षित राख्नुहुनेछ भनेर आश्वासन दिनुहोस्। भाग्यवस, आहिले सम्म प्राप्त जानकारी आनुसार बाल-बालिकाहरुमा सामान्य बिमारीको लक्ष्यणमात्र देखिएको र यो समूहमा घातक प्रभाब नभएको देखिएको छ।

2. Empower them: अर्थात् सशक्त बनाउनुहोस्: उनीहरुलाई आत्मियता र सामाजिक परोपकारिता जस्ता अमुल्य ज्ञान प्रदान गर्ने यो राम्रो अवसर हो। आग्रस्थानमा खटिएका स्वास्थकर्मीहरुलाई कृतज्ञता व्यक्त गर्दै पत्र लेख्ने (पत्र पछि दिन सकिन्छ), राहतकार्यका लागि दान दिने, अथवा बृध छर छिमेकीलाई फोन मार्फत हालखबर सोध्ने जस्ता कार्यलाई प्रोत्शाहित गर्नुहोस्।/li> 

3. Maintain your own calm: अर्थात् आफूलाई शान्त राख्नुहोस्: पहिले आफूलाई सम्हाल्नुहोस! बाल-बालिकाहरूले तपाईकै बोलि- व्यवहारको नक्कल गर्दछन्। पहिले आफ्नो स्वास्थ अनि तनाबको खयाल राख्नुहोस् अनि उनीहरुलाई पनि राख्न मधत गर्नुहोस्।

4. Engage them: अर्थात् उनीहरुलाई व्यस्त राख्नुहोस्: यो परिवारसंग गुणस्तरीय समय बिताउने अवसर हुन सक्छ। घर भित्रै खेल खेलेर, चलचित्र हेरेर अथवा संगै खाना पकाउने जस्ता कार्य गरेर उनीहरुलाई सक्रिय राख्न सकिनेछ।
 

5. Manage their emotions: अर्थात् भावनाको सम्भोधन गर्नुहोस्: उनीहरुलाई प्रश्न सोध्ने, महामारी बारे भावनाहरु पोख्ने अथवा उनीहरु माथि यसले परेको प्रभाब बारे छलफल गर्ने आवसर दिनुहोस्! विध्यालय बन्द भएर आफ्ना साथीहरुसंग र नियमित दिनचर्याबाट टाडा भएका अवस्थामा यसो गर्न झनै आवश्यक हुन्छ। तपाईसंग हरेक प्रश्न को उत्तर हुन जरुरी छैन तर यस्तो बेला सुनिदिए मात्र पनि उनीहरुलाई राहत हुन सक्छ। लामो सास लिने, ध्यान गर्ने जस्ता उपायहरु पानि अपनाउन वा सिकाउन सकिन्छ।

6. Beware: अर्थात् होसियारी अपनाउनुहोस्: समाचारमा प्रस्तुत गरिएका हरेक कुरा सत्य हुन्छ भन्ने जरुरी छैन। यस्ता समाचारले उनीहरुमा नकारात्मक असर पार्न सक्दछ।

7. Educate them: अर्थात् शिक्षा प्रदान गर्नुहोस्: राम्रो सँग हात धुने, मुख छोपेर खोक्ने जस्ता राम्रा बानीहरु सिकाउन सकिन्छ। उनीहरुलाई बिज्ञानमा रुचि जगाउने वा भविष्यका लागि मद्दत हुने कुराहरु भन्न सकिन्छ जस्तै, “वैज्ञानिकहरूले यस रोगका लागि खोप पत्ता लगाए कति राम्रो हुने थियो है ?”, “नर्सहरुले बिरामीको हेरचाह गर्ने कस्तो उत्कृष्ट काम गरिरहेका छन् है ?”, “सोच त! सर-सफाई गर्ने मान्छेहरुको काम कति महत्वपुर्ण छ महामारीको यो समयमा ?”।

8. Routines: अर्थात् नियमित दिनचर्या पालना: सके सम्म दैनिक गर्ने कार्य जस्तै पारिवारिक भोजन, सुत्ने बेला कथा भन्ने, घरमा राति संगै बसिर चलचित्र हेर्ने इत्यादिलाई निरन्तरता दिनुहोस्। घरमै व्यायाम र नियमित रूपमा पानी पिउन सम्झाउन नबिर्सनुहोस्। मिले सम्म घर-आगनमै ताजा हावाको लागि निस्कनुहोस।